६०० एम्पुल लागुऔषधसहित गगनगौंडाबाट तीनजना पक्राउ
पाेखरा | साउन २९, २०७९
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषत्रसहित तीन जनालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरी टोलीले चेकजाँजको क्रममा नारायणगढबाट पोखरा आउँदै गरेको माईक्रो बसमा सवार तीन यात्रुलाई लागुऔषधसहित शनिबार पक्राउ गरेको हो ।
कास्की प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अुनसार पक्राउ पर्नेमा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ६ बस्ने २० वर्षिय प्रल्हाद लोहार (विशेष), पर्वतको मोदी गाउँपालिका ६ स्थायी घर भई हाल पोखरा–१० बस्ने २६ वर्षिय सविन केसी र पोखरा १४ चाउथे बस्ने वर्ष ३२ को भुषण मिजार रहेका छन् ।
उनीहरुको साथबाट लागुऔषध डाईजापाम– २०० एम्पुल, फेनेरागन– २०० एम्पुल, नुर्फिन– २०० एम्पुल गरि जम्मा– ६०० एम्पुल बरामत गरेको डिएसपी तिवारीले जानकारी दिए । उनका अनुसार फक्राउ परेका उनीहरुलाई लागुऔषध कसुर मुद्दामा दश (१०) म्याद थपी अनुसन्धान अघि बढाइएको छ ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

